NM Khabar 24 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जेनजी आन्दोलनले क्षति भएका सरकारी कार्यालय मर्मतमा ७३ लाख खर्च

• जेनजी आन्दोलनका कारण धनुषा, महोत्तरी र सर्लाहीका सरकारी कार्यालयहरूमा भएको क्षतिको मर्मतमा ७३ लाख रुपैयाँ खर्च भएको छ । • जिल्ला अदालत, अख्तियार, सहकारी वकिल कार्यालय, कारागार लगायतका कार्यालयहरू मर्मत गरिएका छन् । • आन्दोलनले विकास निर्माणका काममा पनि असर पारेको कार्यालयले जनाएको छ ।
Kamala Devi
Kamala Devi
24 August 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
सरकारी कार्यालय मर्मत
Share:

जनकपुरधाम । जेनजी आन्दोलनले धनुषा, महोत्तरी र सर्लाहीका सरकारी कार्यालयहरूमा पुर्‍याएको क्षति मर्मत गर्न ७३ लाख रुपैयाँ सकिएको छ । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरले ७२ लाख ४९ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

मर्मत गरिएका कार्यालयहरूमा जिल्ला अदालत धनुषा, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास, जिल्ला अदालत सर्लाही, जिल्ला सहकारी वकिल कार्यालय सर्लाही, महेन्द्र नारायण मिथिला सांस्कृतिक केन्द्र जनकपुर, जिल्ला कारागार सर्लाही तथा राईजोवियम तथा घाँसेबाली बीउबिजन प्रयोगशाला छन् । गत वर्ष भदौ २४ गते प्रदर्शनकारीले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।

संघीय सहरी विकास तथा भवन कार्यालयका सूचना अधिकारी सुधीर शाहले मन्त्रालयले छुट्याएको बजेटबाट मर्मत सम्पन्न भएको बताए । कतिपय कार्यालयका भित्री कोठा कामै नलाग्ने अवस्थामा पुगेका थिए । यसले सेवाग्राहीको काममा प्रत्यक्ष अवरोध सिर्जना गरेको थियो ।

आर्थिक वर्ष २०८२/०८३ मा जेनजी आन्दोलन र ठेकेदारहरू महँगीलगायत कारणले विकास निर्माणका काम प्रभावित भएका छन् । कार्यालयले गत वर्ष सर्लाहीमा ७ वटा विद्यालय, धनुषा, महोत्तरी र सर्लाहीमा ३ वटा सामुदायिक भवन, महोत्तरीमा स्वास्थ्य भवन र सर्लाहीमा २ वटा तथा महोत्तरीमा ३ वटा इमरेजेन्सी सेल्टर निर्माण गरेको छ ।

यस्तै कार्यालयले १५.६६ किलोमिटर कालोपत्रे, ३.१८ किलोमिटर सडक ढलान तथा ६.७६ किलोमिटर नाला निर्माण सम्पन्न गरेको छ ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार