मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

१० हजार पासपोर्ट कालोसूचीमा: ६ हजार नेपाली, ४ हजार विदेशी

अध्यागमन विभागले विभिन्न सरकारी निकायको सिफारिसमा १० हजार पासपोर्ट कालोसूचीमा राखेको छ। यसमा ६ हजार नेपाली र ४ हजार विदेशी नागरिकका पासपोर्ट समावेश छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
पासपोर्ट कालोसूची
Share:
११६

अध्यागमन विभागले १० हजार पासपोर्ट कालोसूचीमा राखेको छ। ६ हजार नेपाली र ४ हजार विदेशी नागरिकका पासपोर्ट विभिन्न निकायको सिफारिसमा रोक्का गरिएका हुन्।

नेपाल प्रहरी, कारागार व्यवस्थापन विभाग, अदालत, सम्पत्ति शुद्धीकरण विभाग, सहकारी विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसका आधारमा विभागले यो कारबाही गरेको हो।

कालोसूचीमा परेका पासपोर्टहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। यद्यपि, विदेशी नागरिकका हकमा नेपालमा आपराधिक कसुरमा संलग्न भएकाहरूको पासपोर्ट रोक्का गरिएको विभागले जनाएको छ।

कालोसूचीमा परेका केही विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिसकिएको छ। उनीहरूको पासपोर्ट निश्चित अवधिका लागि कालोसूचीमा राखिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार