महालेखा परीक्षकको कार्यालयले २१ स्थानीय तहले लेखापरीक्षण नगराएको खुलासा गरेको छ, जसमध्ये १९ वटा मधेश प्रदेशका छन्।
अन्य दुई स्थानीय तह हुम्लाको चंखेली र रामेछापको लिखु गाउँपालिका हुन्। चंखेलीले आव २०७९/८० को लेखापरीक्षण गराएको छैन। लिखुको २०७५/७६ देखिको लेखापरीक्षण बक्यौता छ।
मधेश प्रदेशका १९ स्थानीय तहमध्ये पर्साको पोखरिया नगरपालिकाले २०८१/८२ को लेखापरीक्षण गराएको छैन। सप्तरीको छिन्नमस्ता, धनुषाको धनौजी र औरही गाउँपालिकाले पनि समयमा लेखापरीक्षण नगराएका हुन्।
