NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

२९ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह

देशका २९ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाको चेतावनी। काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाका साना नदीहरूमा बहाव बढ्ने सम्भावना। प्रमुख नदीहरूको बहाव भने हाल नियन्त्रणमै रहेको, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह।
Sanjay Karki
Sanjay Karki
24 July 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
बाढीको जोखिम
Share:

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ८) देशका २९ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार काठमाडौँ उपत्यकासहित विभिन्न पहाडी र हिमाली जिल्लाका साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहनेछ। नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यद्यपि, प्रमुख नदीहरूको बहाव भने नियन्त्रणमै रहेको महाशाखाले जनाएको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ।

भोलि कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदीहरूमा तथा पर्सि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने अनुमान गरिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा थोरैमाथि तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार