NM Khabar 24 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका समिर मन्त्री, मुख्यमन्त्रीले ५ मन्त्रालय सम्हाले

मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ। एमालेका महम्मद समिरले बिनाविभागीय मन्त्रीको सपथ लिएका छन् भने मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाँच मन्त्रालय आफैं मातहत राखेका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
22 May 2026, 5:02 am १ मिनेट पढाइ
आकार:
Share:

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएपछि यो फेरबदल आएको हो।

सीके राउत नेतृत्वको जनमत पार्टीका अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका थिए। यससँगै जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्।

मुख्यमन्त्री यादवले नेकपा एमालेका महम्मद समिरलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभले नवनियुक्त मन्त्री समिरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री यादवले आफैँसँग पाँच वटा मन्त्रालय राखेका छन्। उनले अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार, र खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। हाल प्रदेशमा एमाले, कांग्रेस र नेकपाको सरकार छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार