NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुकुम्बासी व्यवस्थापन: रास्वपा सांसद मगरले सभापति लामिछानेसँग मागे पार्टीको धारणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेसँग सुकुम्बावासी बस्ती व्यवस्थापनबारे पार्टीको स्पष्ट धारणा माग गरेकी छन्। उनले स्थानीय तहहरूले लालपुर्जा भएकालाई समेत हटाउन सूचना जारी गरेको भन्दै यस विषयमा पार्टीको आधिकारिक अडान स्पष्ट पार्न आग्रह गरिन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
22 May 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले पार्टीको तर्फबाट सुकुम्बावासी बस्ती व्यवस्थापनका विषयमा स्पष्ट धारणा आउनुपर्ने माग गरेकी छन्। उनले पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा यो विषय उठाएकी हुन्।

शुक्रबार सिंहदरबारमा सभापति लामिछानेले कोशी प्रदेशका सांसदहरूसँग गरेको छलफलका क्रममा सांसद मगरले सुकुम्बावासी बस्ती हटाउने सरकारी कार्यबारे पार्टीको आधिकारिक अडान स्पष्ट पार्न आग्रह गरिन्।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद मगरले स्थानीय तहहरूले सुकुम्बावासी व्यवस्थापनको नाममा अव्यवस्थित र मनपरी ढंगले काम गरिरहेको आरोप लगाइन्। उनले लालपुर्जा भएका नागरिकलाई समेत घर खाली गर्न सूचना जारी गरिएको भन्दै यस विषयमा पार्टीको धारणा बुझ्न चाहेको बताइन्।

“केन्द्रीय सरकारको निर्देशन भन्दै झापाका स्थानीय तहले सुकुम्बावासी बस्ती हटाउन सूचना जारी गरिरहेका छन्,” उनले भनिन्, “यो ठीक भएन। लालपुर्जा भएका नागरिकलाई पनि उठ भनिरहेका छन्। उनीहरूले त कर पनि तिरेका छन्।”

उनले केही स्थानमा जग्गाको मूल्यभन्दा बढी कर उठाएको विषयसमेत उठेको जानकारी दिँदै पार्टीको औपचारिक धारणा सार्वजनिक हुनुपर्नेमा जोड दिइन्। नदी संरक्षण गर्नुपर्ने कानुनी व्यवस्था रहेको तर नदी हडपेर बस्नु गलत भएको उनको भनाइ थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार