NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एमाले बैठकमा ओलीको राजीनामा माग: महासचिव पोखरेलको ‘मार्ग प्रशस्त’को आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध राजीनामाको माग उठेको छ। महासचिव शंकर पोखरेलले ओलीलाई 'मार्ग प्रशस्त' गर्न आग्रह गरेका छन्, जबकि उपमहासचिव योगेश भट्टराईले प्रत्यक्ष राजीनामा मागेका छन्। पार्टीका धेरै नेताहरूले पार्टी पुनर्गठनका लागि ओलीले पद त्याग्नुपर्ने धारणा राखेका छन्।
Arjun Basnet
Arjun Basnet
23 May 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
एमाले बैठक ओली राजीनामा
Share:

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने क्रमले तीव्रता पाएको छ। शुक्रबार चार उपाध्यक्षले राजीनामा मागेकोमा शनिबार महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेका हुन्।

पार्टी पुनर्गठनको आवाज चर्को बन्दै गएको र वर्तमान अवस्थामा पार्टी अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका महासचिव पोखरेलले बैठकमा खुलेरै ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको स्रोतले बताएको छ। ‘अव पार्टी यतिकै अवस्थामा अघि बढ्न सक्दैन, यथास्थितिबाट अघि बढ्न सकिँदैन,’ पोखरेलले बैठकमा भने।

पोखरेलले राजीनामा शब्द प्रयोग नगरे पनि उपमहासचिव भट्टराईले भने प्रत्यक्ष राजीनामा शब्द नै प्रयोग गरेर ओलीलाई पद त्याग्न भनेका थिए।

शनिबारको बैठकमा उपमहासचिव रघुवीर महासेठ, लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, महेश बस्नेत, हिक्मत कार्की लगायतले पनि पार्टीको वर्तमान अवस्थाबारे धारणा राखेका थिए।

यसअघि शुक्रबार उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्टले धारणा राखेका थिए। उपाध्यक्ष थापाबाहेकका नेताहरूले पार्टी पुनर्गठनका लागि ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका थिए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार