NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काठमाडौंमा १३२ केभी भूमिगत प्रसारण लाइन बन्ने, तीन वर्षमा सकिने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। बालाजु सवस्टेशनदेखि सिंहदरबारसम्म ११.९२ किलोमिटर लामो यो आयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य छ। यसले सहरमा विद्युत् आपूर्ति सहज बनाउने र सौन्दर्य बढाउने उद्देश्य राखेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
26 May 2026, 1:32 pm १ मिनेट पढाइ
आकार:
Share:

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। चक्रपथभित्र सहज विद्युत् आपूर्ति र सहरी सौन्दर्य अभिवृद्धिको लक्ष्यसहित यो आयोजना अघि बढेको छ।

प्रस्तावित प्रसारण लाइन बालाजु सवस्टेशनदेखि महाराजगञ्ज, राजदरबार, रत्नपार्क हुँदै सिंहदरबारसम्म जोडिनेछ। ११.९२ किलोमिटर लामो यो डबल सर्किट लाइन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

आयोजनाअन्तर्गत महाराजगञ्ज, राजदरबार र रत्नपार्कमा १३२/११ केभी क्षमताका सवस्टेशन बन्नेछन्। सिंहदरबारमा १३२/६६/११ केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ। प्राधिकरणले यसका लागि विद्युत् विकास विभागमा अनुमति माग्दै आवेदन दिएको छ।

यो भूमिगत प्रसारण लाइनबाट ३५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ। यसमा २१ वटा ‘ज्वाइन्ट पिट्स’ निर्माण हुनेछन्। अधिकतम दूरी ५०० मिटर रहनेछ। आयोजनाका लागि १.६२ हेक्टर जमिन आवश्यक पर्नेछ।

आयोजना निर्माण तथा सञ्चालन गर्दा विद्युत् ऐन, २०४९ को दफा २४ बमोजिम वातावरणमा प्रतिकूल असर नपर्ने गरी निर्माण गरिने प्राधिकरणले जनाएको छ। विद्युत् विकास विभागले आयोजनाबारे सुझावका लागि सार्वजनिक सूचना जारी गरेको छ।

प्राधिकरणले यसअघि रत्नपार्क–महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा यस्ता लाइन निर्माण भइरहेका छन्। पोखरा र भरतपुरमा निर्माण अन्तिम चरणमा छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार