NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

१० महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात, राजस्व २० अर्ब ५२ करोड

चालु आर्थिक वर्षको पहिलो १० महिनामा ३१ अर्ब ३१ करोड रुपैयाँ बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन्। सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै २० अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आवको तुलनामा यस अवधिमा आयात ९ अर्ब ६५ करोडले बढेको छ।
Sunita Rai
Sunita Rai
31 May 2026, 1:32 pm १ मिनेट पढाइ
आकार:
Share:

चालु आर्थिक वर्षको पहिलो १० महिनामा ३१ अर्ब ३१ करोड मूल्य बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ अर्ब ६५ करोडले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै १० महिनाको अवधिमा २० अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १६ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

यस अवधिमा १ अर्ब २५ करोड रुपैयाँ बराबरका सवारीसाधनको आयातबाट ३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसैगरी, ७ अर्ब ३२ करोड रुपैयाँ मूल्यका ५१ हजार ४२३ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएको छ। यसबाट ७ अर्ब ९ करोड रुपैयाँ राजस्व असुली भएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार