साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ बिन्दुमा पुगेको छ ।
नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ६१ करोडभन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको हो ।
बुङ्गल हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
