सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम) मा साइबर आक्रमण भएको छ। यसका कारण आइतबारदेखि नै प्रणाली सञ्चालनमा समस्या आएको छ।
कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यले साइबर आक्रमणका कारण प्रणालीमा समस्या आएको पुष्टि गरे। उनले सुरक्षाका लागि सरकारी आईटी र साइबर सुरक्षा टोलीले प्रणाली नियन्त्रणमा लिएको बताए।
प्रवक्ता आचार्यका अनुसार, आइतबारदेखि ई-जीपी प्रणाली सञ्चालनमा आएको समस्याले सरकारी खरिद प्रक्रिया प्रभावित भएको छ।
