NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सर्वोच्चले वैवाहिक बलात्कार अभियोगबाट न्यायाधीश गिरीलाई सफाइ दियो

सर्वोच्च अदालतले वैवाहिक बलात्कारको अभियोगमा जिल्ला न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ। उच्च अदालत पाटनको सफाइ फैसलालाई सर्वोच्चले सदर गरेको हो। जिल्ला अदालतले यसअघि गिरीलाई सात वर्ष कैद र जरिवानाको सजाय तोकेको थियो।
Sanjay Karki
Sanjay Karki
2 June 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
न्यायाधीश भुवन गिरी सफाइ
Share:

सर्वोच्च अदालतले वैवाहिक बलात्कारको अभियोगबाट जिल्ला न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले गिरीले सफाइ पाउने फैसला सुनाएको हो।

गिरी दार्चुला जिल्ला न्यायाधीश थिए। सर्वोच्चले उच्च अदालत पाटनको सफाइ फैसला सदर गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले २०८१ चैत ३१ गते सफाइ दिने ठहर गरेको थियो।

यसअघि जिल्ला अदालत काठमाडौंले गिरीलाई दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तोकेको थियो। मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो।

पूर्वपत्नी आरती रावल गिरीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन्। प्रहरीले गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। उच्च अदालतबाट सफाइ पाएपछि गिरी पूर्ववत् न्यायसम्पादनमा फर्किएका हुन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार