नेकपा एमालेको दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’ आजदेखि सुरु भएको छ। केन्द्रीय संगठन विभागको आयोजनामा भोलिसम्म चल्ने यो कार्यशाला बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे आरम्भ भएको हो।
कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरे। प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ गते सम्पन्न भएपछि ओली सार्वजनिक रूपमा सहभागी हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो।
