NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मोदीको रविलाई भेट: नेपालसँग सहकार्य गर्न भारत तत्पर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत तत्पर रहेको बताएका छन्। 'छिमेकी पहिलो नीति' अन्तर्गत नेपाल भारतको प्राथमिकतामा रहेको मोदीको भनाइ छ।
Bikram Magar
Bikram Magar
3 June 2026, 2:17 pm १ मिनेट पढाइ
आकार:
Share:

पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । भ्रमणको तेस्रो दिन बुधबार बिहान भएको यो भेटमा मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको बताएका छन् ।

मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको बताएका छन् । उनले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको इच्छाको स्वागत गर्दै त्यसमा पूर्ण रूपमा सहमत रहेको उल्लेख गरेका छन् ।

मोदीले आफ्नो ‘छिमेकी पहिलो नीति’ अन्तर्गत नेपाललाई एक प्राथमिक साझेदार राष्ट्रको रूपमा लिएको बताए । उनले नेपाल र भारतबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तत्पर रहेको समेत स्पष्ट पारेका छन् ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार