NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

लागुऔषधसहित ३२ पक्राउ: चितवनबाट नौ जना नियन्त्रणमा

देशभर प्रहरीको सक्रियतामा लागुऔषधसहित ३२ जना पक्राउ परेका छन्। चितवनबाट नौ जना, झापा र मोरङबाट चार/चार जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट खैरो हेरोइन बरामद भएको छ।
Sanjay Karki
Sanjay Karki
3 June 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
लागुऔषध पक्राउ
Share:

देशभरका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ३२ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्ती र कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामध्ये चितवनबाट नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा र मोरङबाट चार/चार जना, भक्तपुर र नवलपरासीबाट तीन/तीन जना पक्राउ परेका छन्।

काठमाडौँ र रुपन्देहीबाट दुई/दुई जना तथा तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट एक/एक जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ। उनीहरूको साथबाट अवैध लागुऔषध खैरो हेरोइन बरामद भएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार