NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बिवाईडीका सयौं विद्युतीय सवारी साधन नियन्त्रणमा: कागजात नमिल्दा सशस्त्र प्रहरीद्वारा बरामद

उत्तरी नाका कोरलामार्फत आयात गरिएका बिवाईडीका सयौं विद्युतीय सवारी साधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। कागजात र भन्सार प्रक्रियामा कैफियत भेटिएपछि गाडीहरू बरामद गरिएको हो। बजेटअघि करका दर परिवर्तन हुने सूचना पाएर हतारमा गाडी भित्र्याइएको आशंका गरिएको छ।
Arjun Basnet
Arjun Basnet
4 June 2026, 10:17 am १ मिनेट पढाइ
आकार:
बिवाईडी सवारी साधन नियन्त्रण
Share:

उत्तरी नाका कोरलामार्फत आयात गरिएका बिवाईडीका ७५० विद्युतीय सवारी साधन (इभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। मुस्ताङको कागबेती तर्फ लैजाँदै गरेका यी गाडीहरूको आयातसम्बन्धी कागजात र भन्सारको ‘डकुमेन्ट’ नमिल्एको सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका अधिकांश गाडी बिवाईडीका छन्। ती गाडीहरूमा नम्बर प्लेटसमेत राखिएको छैन। भन्सार प्रक्रिया जाँच गर्न गाडीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका एक अधिकारीले बताए।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि इभी गाडीसम्बन्धी करका दर परिवर्तन हुने सूचना पाएर हतारमा गाडी भित्र्याइएको हुनसक्ने आशंका छ। बजेटअघि नै करका दरमा फेरबदल हुने सूचना पाएपछि बिवाईडीले सयौं गाडी नाकामा नआउँदै कागज मिलाएर जाँचपास गराएको तथ्य बाहिरिएको थियो।

साइमेक्स इंक प्रालिले रसुवा भन्सार कार्यालयबाट १ सय ८७ गाडीको प्रज्ञापनपत्र बनाएर करसमेत तिरेको थियो। तर, बजेटअघि कागजमा जाँचपास गराइएका २०-३० वटा गाडी मात्र भन्सार पास भए। बाँकी गाडी जेठ १८ गतेसम्म पनि भन्सार पास भएका थिएनन्।

त्यसपछि भन्सार विभाग र सुरक्षा संयन्त्रले निगरानी बढाएको थियो। सोही क्रममा सशस्त्र प्रहरीले बिवाईडीका सयौं गाडीहरू नियन्त्रणमा लिएको हो। हाल उक्त विषयमा भन्सार विभागले समेत अध्ययन गरिरहेको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार