सशस्त्र प्रहरी बलले भन्सार छलीका ७७४ विद्युतीय गाडी नियन्त्रणमा लिएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार, मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको हो।
यस कारबाहीमा सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत र नं २४ कालिका गण कास्कीका सुरक्षाकर्मी परिचालन भएका थिए।
नुवाकोटको पासाङल्हामु सडकबाट पनि थप दुई गाडी नियन्त्रणमा लिइएको छ।
