राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी लगायत १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। उनीहरूले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै पार्टीबाट बाहिरिएको जनाएका हुन्।
पार्टी परित्याग गर्नेमा पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी र कार्यकर्ताहरू रहेका छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो कि यो पहिलो चरणको घोषणा हो।
