मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

पोखराको फोहोरमा तीन ग्रिनेड फेला, सेनाद्वारा निष्क्रिय

पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला परेका छन्। फोहोर संकलन गर्ने क्रममा रिमा शेर्पाले बम फेला पारेकी थिइन्। नेपाली सेनाले बमहरूलाई निष्क्रिय पारेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२०४

पोखरा महानगरपालिका–२१ स्थित फोहोर विसर्जनस्थलमा बिहीवार बिहान तीनवटा ग्रिनेड बम फेला परेका छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

महानगरका विभिन्न क्षेत्रबाट संकलित फोहोरमा कवाडी वस्तु खोज्ने क्रममा रिमा शेर्पाले बम फेला पारेकी हुन्। पोखरा–१७ का रातोपैह्रा र पर्वतीय संग्रहालय आसपासबाट ल्याइएको ग १ ख ५४३७ नम्बरको गाडीको फोहोरमा ती बम भेटिएका थिए।

शेर्पाले बोराभित्रका शंकास्पद वस्तु चलाउन खोज्दा एस्काभेटर चालकले देखेर तत्काल सुरक्षित राख्न लगाएका थिए।

विज्ञापन

वडा प्रहरी कार्यालय बैदामको टोलीले घटनास्थल नियन्त्रणमा लिएको छ। फेला परेका ग्रिनेड निष्क्रिय पार्न नेपाली सेनालाई खबर गरिएको छ।

फोहोरमा विष्फोटक कसरी आइपुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार