NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

आङदेम्बेको आपत्ति: सत्ता पक्षका सांसद भारतले सीमा मिचेको पुष्टि गर्न दौडिरहेछन्

प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले सत्ता पक्षका सांसदहरूले नेपालले भारतको भूमि मिचेको हो भनेर पुष्टि गर्न खोजेको आरोप लगाएका छन्। उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूमि भएको र यसको समाधान कूटनीतिक संवादबाटै हुनुपर्नेमा जोड दिए। आङदेम्बेले यस्तो हर्कत गर्ने सांसदहरूलाई वीर भक्ति थापाको आत्माले धिक्कार्ने बताए।
Laxmi Bhattarai
Laxmi Bhattarai
10 June 2026, 4:17 pm १ मिनेट पढाइ
आकार:
Share:

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सत्ता पक्षका सांसदहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारनदेखिको बल लगाएर दौडिरहेको भन्दै आपत्ति जनाए। बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफू यस्तो देखेर लज्जित भएको बताए।

आङदेम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्ता पक्षका सांसदहरूको गतिविधिले वीर भक्ति थापाको आत्माले समेत धिक्कार्ने टिप्पणी गरे।

उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको र समस्याको समाधान गहन कूटनीतिक संवादबाटै हुनुपर्नेमा जोड दिए। उत्तेजना र आवेशले नभई संयमित कूटनीतिक प्रक्रियाबाट हल खोज्नुपर्ने उनको धारणा थियो।

आङदेम्बेले कांग्रेसले विगतमा आफ्नै सरकारका कमजोरी केलाएको स्मरण गर्दै अहिले पनि नैतिक धरातलमा उभिएर बोल्ने गरेको बताए। उनले वर्तमान संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको जस्तो कारुणिक दृश्य देखेको उल्लेख गरे।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार