NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा विश्वव्यापी समस्या

शुक्रबार साँझदेखि फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा आएको प्राविधिक समस्याले विश्वभरका लाखौं प्रयोगकर्ता प्रभावित भएका छन्। प्रयोगकर्ताहरू अकाउन्टबाट स्वतः लगआउट हुने र लगइन गर्न नसक्ने झमेलामा परेका छन्।
Rohan Tamang
Rohan Tamang
12 June 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
फेसबुक समस्या
Share:

विश्वभरका लाखौं प्रयोगकर्ता शुक्रबार साँझदेखि फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा आएको प्राविधिक समस्याले प्रभावित भएका छन्। मेटाका यी लोकप्रिय प्लेटफर्महरूमा अचानक अवरोध आएको छ।

नेपालसहित विश्वभरका प्रयोगकर्ताले अनौठो झमेला बेहोर्नु परिरहेको छ। धेरैको अकाउन्ट चलाउँदाचलाउँदै स्वतः लगआउट भएको छ।

पुनः लगइन गर्दा ‘समथिङ वेन्ट रङ’ जस्ता सन्देश देखिन्छन्। फेसबुक र इन्स्टाग्रामको फिड लोड नहुने, मेसेज नजाने समस्या पनि छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार