NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जनकपुर-अयोध्या रेल सेवा सञ्चालनको तयारी: नेपाल-भारत सीमापार बैठकमा प्रगति समीक्षा

जनकपुर-अयोध्या रेल खण्डमा यात्रु सेवा सञ्चालनको तयारीबारे छलफल भएको छ। काठमाडौंमा सम्पन्न नेपाल-भारत परियोजना सञ्चालन समितिको १०औँ र संयुक्त कार्य समूहको आठौँ बैठकले सीमापार रेलमार्ग परियोजनाहरूको कार्यान्वयन र द्विपक्षीय सहयोगको समीक्षा गरेको हो।
Bikram Magar
Bikram Magar
13 June 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
नेपाल भारत रेलमार्ग
Share:

जनकपुर-अयोध्या रेल खण्डमा यात्रु सेवा सञ्चालनको तयारीबारे छलफल भएको छ। काठमाडौंमा सम्पन्न परियोजना सञ्चालन समितिको १०औँ र संयुक्त कार्य समूहको आठौँ बैठकले सीमापार रेलमार्ग परियोजनाहरूको कार्यान्वयन र रेल क्षेत्रको द्विपक्षीय सहयोगको समीक्षा गरेको हो। जेठ २८ र २९ गते चलेको बैठकमा दुई देशका प्रतिनिधिहरूले भारत सरकारको अनुदान सहयोगमा निर्माणाधीन रेलमार्गहरूको प्रगतिबारे विस्तृत छलफल गरेका छन्।

बैठकमा जयनगर-बिजलपुरा-बर्दिबास र जोगबनी-विराटनगर ब्रोडगेज रेलमार्गको वर्तमान अवस्थाको समीक्षा गरियो। भारतीय दूतावासका अनुसार, जनकपुर-अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन गर्ने विषयले बैठकमा प्राथमिकता पाएको छ। यसका लागि आवश्यक ‘मानक सञ्चालन कार्यविधि’ (एसओपी) बारे दुई पक्षबीच छलफल भएको छ।

यसैगरी, रक्सौल-काठमाडौं ब्रोडगेज रेलमार्गको ‘अन्तिम स्थान निर्धारण सर्वेक्षण’ (एफएलएस) प्रतिवेदन, पूर्व-पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग, र थप नयाँ रेलमार्गहरूको सम्पर्क विस्तार गर्ने विषयमा पनि बैठकमा कुराकानी भएको छ।

सीमापार रेल सञ्जाललाई थप मजबुत बनाउन दुवै देशका अधिकारीहरूले जोड दिएका छन्। रेल क्षेत्रको सहयोगलाई सुदृढ र प्रभावकारी बनाउन आगामी दिनमा पनि निकट समन्वय र सहकार्यलाई निरन्तरता दिने विषयमा दुवै पक्ष सहमत भएका छन्।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार