NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चावहिल नापीका अमिन ६० हजार घुससहित रङ्गेहात पक्राउ

चावहिल नापी कार्यालयका अमिन टोपजङ्ग खत्री ६० हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोकर्णेश्वर नगरपालिका–४ स्थित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो।
Arjun Basnet
Arjun Basnet
16 June 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
नापी कार्यालय घुस
Share:

चावहिल नापी कार्यालयका अमिन टोपजङ्ग खत्री ६० हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो।

सेवाग्राहीको उजुरीका आधारमा अख्तियारको टोलीले खत्रीलाई गोकर्णेश्वर नगरपालिका–४ मकालबारीस्थित नापी कार्यालय परिसरबाटै घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

खत्रीले जग्गा हालसाविक गरी लालपूर्जा बनाइदिने सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले थप अनुसन्धान प्रक्रिया अघि बढेको बताए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार