NM Khabar 18 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिनिधि सभाबाट आज विनियोजन विधेयक पारित हुने, प्रधानमन्त्रीले जवाफ दिने

संघीय संसद्को प्रतिनिधि सभामा आज विनियोजन विधेयक २०८३ पारित गर्ने तयारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले बजेटबारे उठेका प्रश्नको जवाफ दिनेछन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
18 June 2026, 8:17 am १ मिनेट पढाइ
आकार:
विनियोजन विधेयक पारित
Share:

संघीय संसद्को प्रतिनिधि सभाको २६ औँ बैठक आज बस्दैछ। बैठकको मुख्य कार्यसूची विनियोजन विधेयक, २०८३ माथि उठेका प्रश्नको जवाफ दिने र विधेयक पारित गर्नु हो।

सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, विभिन्न मन्त्रालय तथा निकायको शीर्षकमा बजेट छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। प्रधानमन्त्री बालेन्द्र शाहले पनि संसदमा उठेका प्रश्नको जवाफ दिनेछन्।

शिक्षा, विज्ञान, कानून, पूर्वाधार, गृह, ऊर्जा, परराष्ट्र, अर्थ, रक्षा मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विषयमा पनि मन्त्रीहरूले स्पष्टीकरण दिनेछन्।

सभामुखले विनियोजन विधेयक अन्तर्गत खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। २० जना सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन्।

कार्यसूची अनुसार, विनियोजन विधेयक, २०८३ का दफाहरू निर्णयार्थ प्रस्तुत गरिनेछन्। त्यसपछि अर्थ मन्त्री स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार