पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ।
प्रहरी चौकी मिर्जापुरको टोलीले नियमित गस्ती गर्ने क्रममा नहरको खाल्डो छेउमा बेवारिसे अवस्थामा राखिएको २५ पोका गाँजा फेला पारी बरामद गरेको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
