एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दा आइतबार राति काठमाडौं आइपुगेका छन्। उनी तीन दिने भ्रमणका लागि उच्चस्तरीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन्।
भ्रमणका क्रममा कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन्। परराष्ट्र मन्त्रालयले यो भेटघाटको पुष्टि गरेको छ।
यसअघि प्रधानमन्त्री शाहले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग एक्लाएक्लै द्विपक्षीय भेट गरेका छैनन्। कान्दासँग भने प्रधानमन्त्रीले एक्लाएक्लै भेट्ने कार्यक्रम छ।
