गत आर्थिक वर्ष २०८२/८३ मा २२ लाख ६७ हजार ४१९ थान स्मार्टफोन आयात भयो। यसको कुल मूल्य ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँभन्दा बढी छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २१ लाख ८४ हजार ६९४ थान आयात हुँदा ३५ अर्ब ५४ करोड रुपैयाँ बाहिरिएको थियो। यसरी एक वर्षमा आयात मूल्य १३ अर्ब रुपैयाँले बढ्यो।
नेपाली बजारमा महँगा र प्रिमियम मोडलका स्मार्टफोनको माग बढेको यो तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षमा सरकारले स्मार्टफोन आयातबाट ९ अर्ब ८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्यो।
चीन र भारत स्मार्टफोन आयातका प्रमुख स्रोत हुन्। गत आर्थिक वर्षमा चीनबाट १८ लाख ८९ हजार थानभन्दा बढी स्मार्टफोन आयात भयो, जसको मूल्य ३६ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी छ। भारतबाट ३ लाख ६४ हजार थानभन्दा बढी स्मार्टफोन आयात हुँदा १० अर्ब ९९ करोड रुपैयाँभन्दा बढी बाहिरियो। यी दुई देशको बजार हिस्सा ९९ प्रतिशतभन्दा बढी छ।
