मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सप्तरीमा ३ हजार ३३२ किलो गाँजासहित तीन सवारी बरामद, चालक फरार

सप्तरी प्रहरीले तीन सवारी साधनबाट ३,३३२ किलो गाँजा बरामद गरेको छ। तिलाठी कोइलाडी गाउँपालिका ५ मा राति गस्ती गर्ने क्रममा प्रहरीले शंकास्पद तीन सवारी रोकेर खानतलासी गर्दा गाँजा फेला पारेको हो।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
सप्तरी गाँजा बरामद
Share:
१७४

सप्तरी प्रहरीले तीन सवारी साधनबाट ३ हजार ३३२ किलोग्राम अवैध गाँजा बरामद गरेको छ। तिलाठी कोइलाडी गाउँपालिका ५ मा राति गस्ती गर्ने क्रममा प्रहरीले शंकास्पद तीन सवारी रोकेर खानतलासी गर्दा गाँजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार राति हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीन सवारी साधनमा खानतलासी गर्दा गाँजा बरामद गरिएको हो। प्रहरीले बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कार्पियोबाट १९ बोरा, प्र.१–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरा र बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरा गाँजा बरामद गरेको छ।

प्रहरीले गाँजासहित तीनवटै सवारी साधन नियन्त्रणमा लिएको छ। यद्यपि, घटनामा संलग्न सवारीका चालकहरू भने फरार छन्। प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार