NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विराटनगर राजस्व कार्यालयको लक्ष्यभन्दा १.७९ अर्ब कम संकलन

आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गर्‍यो। यो लक्ष्यको ८५.१५ प्रतिशत हो। कार्यालयले लक्ष्यभन्दा रु १ अर्ब ७९ करोड ७५ लाख ४४ हजार कम राजस्व सङ्कलन गरेको छ।
Sunita Rai
Sunita Rai
25 July 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
विराटनगर राजस्व सङ्कलन
Share:

आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गर्‍यो। यो लक्ष्यको ८५.१५ प्रतिशत हो।

कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। लक्ष्यभन्दा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए।

सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड २५ लाख ४१ हजार, बहाल आयकर रु आठ करोड आठ लाख ५५ हजार, ब्याज कर रु ३८ करोड १३ लाख एक हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ५६ करोड ८६ लाख ७५ हजार, अन्तःशुल्क रु तीन अर्ब १५ करोड १० लाख ४९ हजार, शिक्षा कर रु ८४ हजार र अन्य कर रु पाँच करोड आठ लाख ३२ हजार छन्।

आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ४४ करोड लक्ष्यमा रु आठ अर्ब ९३ करोड सङ्कलन भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा रु १० अर्ब ७२ करोड लक्ष्यमा रु नौ अर्ब ६१ करोड सङ्कलन भएको थियो।

प्रमुख उप्रेतीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ दशमलव ७७ प्रतिशत, २०८१/८२ मा सात दशमलव ६१ प्रतिशत र २०८२/८३ मा सात दशमलव २८ प्रतिशत राजस्व वृद्धि भएको छ।

कुल ६० हजार ६७५ करदाता आबद्ध रहेको यस कार्यालयले जेन्जी आन्दोलनपछि परिवर्तित अवस्थामा लक्ष्यअनुसार कर असुल गर्न नसकेको प्रमुख उप्रेतीले बताए।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार