NM Khabar 29 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भद्रपुरमा करेन्ट लागेर महिलाको मृत्यु, दुई लाखको क्षति

भद्रपुर नगरपालिका–४ मा हात्ती धपाउने करेन्टको तारले किन्दा ६५ वर्षीया सनज्योति लिम्बूको मृत्यु भएको छ। यसैबीच, मेचीनगरमा आगलागीले दुई लाख ५० हजारको क्षति पुर्‍याएको छ।
Maya Thapa
Maya Thapa
29 July 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
करेन्ट लागेर मृत्यु
Share:

भद्रपुर नगरपालिका–४ की ६५ वर्षीया सनज्योति लिम्बूको आफ्नै बारीमा हात्ती धपाउन लगाइएको नाङ्गो विद्युतीय तारको करेन्ट लागेर मृत्यु भएको छ। बिहान करिब ९ बजे भएको घटनामा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवा जानकारी दिए।

स्थानीय लाखबहादुर लिम्बूकी श्रीमती लिम्बूलाई करेन्ट लागेर लडिरहेको अवस्थामा बुहारी सविता खड्काले बिहान करिब ११ बजे देखिन्। खड्काले प्रहरीचौकी महेशपुरमा खबर गरेपछि प्रहरी निरीक्षक विशाल श्रेष्ठको टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा लिम्बूको मृत्यु भइसकेको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

यसैबीच, मेचीनगर नगरपालिका–१० नागरडुब्बास्थित एक घरमा फ्रिजको तार सर्ट भएर आगलागी हुँदा करिब रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार