NM Khabar 29 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरी घटना नियन्त्रणमा लिन प्रधानमन्त्रीको निर्देशन, सुरक्षा निकायलाई उच्च सतर्कता

प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको पछिल्लो घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्। उनले घटना नियन्त्रणमा लिन, नागरिक सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव बिथोल्ने तत्वमाथि निगरानी राख्न निर्देशन दिएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भने सुनसरी घटनालाई सम्बोधन गरेन।
Laxmi Bhattarai
Laxmi Bhattarai
29 July 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
सुनसरी घटना
Share:

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको घटनापछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्।

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन निर्देशन दिए। उनले आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्‍याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न आदेश दिए। प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिए।

यद्यपि, बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी घटनालाई सम्बोधन गरेन। सरकारले विभिन्न ५ निर्णयहरू सार्वजनिक गरे पनि यस विषयमा कुनै आधिकारिक जानकारी दिएन। बैठकअघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले शान्ति, सद्भाव र संयम कायम राख्न आह्वान गरेको थियो। प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत घटनाबारे धारणा सार्वजनिक गरेका थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार