सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु जारी छ। जिल्ला प्रशासन कार्यालयले शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यो आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेश अनुसार, कर्फ्यु राजविराज नगरपालिकाको पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्मको क्षेत्रमा लागू हुनेछ।
