NM Khabar 2 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशी मुख्यमन्त्री कार्कीलाई एमालेको राजीनामा निर्देशन, कार्कीद्वारा अस्वीकार

एमालेले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन निर्देशन दिएको छ। मुख्यमन्त्री कार्कीले पार्टीको संस्थागत निर्णय नआएसम्म राजीनामा नदिने अडान राखेका छन्। संविधानको धारा १६८ (५) अनुसार बनेका मुख्यमन्त्रीले राजीनामा नदिएसम्म पार्टीले हटाउन नसक्ने कानुनी व्यवस्था छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
2 August 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
मुख्यमन्त्री कार्की राजीनामा
Share:

एमाले कोशी प्रदेशका इन्चार्ज एवं केन्द्रीय सचिव शेरधन राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन निर्देशन दिएका छन्। राईले शनिबार कार्कीसँग भेट गरी राजीनामाको आग्रह गरेका हुन्।

मुख्यमन्त्री कार्कीले पार्टीको संस्थागत निर्णय नआएसम्म राजीनामा नदिने अडान लिएका छन्। ‘शेरधन राईले राजीनामा दिनुपर्‍यो भन्नुभयो,’ स्रोतले भन्यो, ‘मुख्यमन्त्रीज्यूले राजीनामा नदिने बरु संस्थागत निर्णय चाहिने अडान राख्नुभयो।’

विराटनगर आइपुगेलगत्तै राई नयाँ सरकार गठनका लागि सक्रिय भएका हुन्। उनले प्रदेश सांसदहरूसँग छलफल गरेका थिए। ‘समाचारमा कोशीको यही सरकारको निरन्तरता, मुख्यमन्त्रीको निरन्तरता भन्ने आइरहेको छ। त्यस्तो होइन, नयाँ निर्णय आउँछ,’ राईले भने।

कार्की संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका हुन्। उपधारा ५ अनुसार बनेको सरकारका मुख्यमन्त्रीले राजीनामा नदिएसम्म पार्टीले हटाउन सक्दैन। यस कारण एमालेलाई कोशीमा मुख्यमन्त्री फेर्न समस्या भएको छ। कार्की २०८१ वैशाख २७ गते एमाले र माओवादीका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार