NM Khabar 3 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रचण्डको जवाफ: ‘तपाईंको स्थिरता कहिले?’, उत्तर आयो ‘मरेपछि’

नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक स्थिरताको प्रश्नमा 'मरेपछि स्थिरता हुने' आशयको जवाफ दिएका छन्। सञ्चारकर्मीले बारम्बार प्रश्न सोध्दा उनी चिढिएका थिए। यो भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
Sarita Pandey
Sarita Pandey
3 August 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
प्रचण्ड स्थिरता जवाफ
Share:

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरताको प्रश्नमा ‘मरेपछि स्थिरता हुने’ आशयको जवाफ दिएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा जाँदै गर्दा सञ्चारकर्मीले बारम्बार प्रश्न सोध्दा उनी चिढिएका थिए।

एमाले महासचिव शंकर पोखरेललगायत नेताहरूसँगै हिँडिरहेका प्रचण्डलाई एक पत्रकारले नजिकै गएर ‘तपाईंको स्थिरता चाँहि कहिले हुन्छ?’ भनेर सोधेका थिए। प्रश्नले पारो तताएपछि प्रचण्डले अनुहारको भाव बिगार्दै पछाडि फर्केर ‘मरेपछि’ भनी जवाफ दिए। उनको यो जवाफले उपस्थितहरू हाँसेका थिए। यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यसअघि ‘बोत्लेका १५ जना सहिदहरू’ विषयक विचार गोष्ठीमा सहभागी हुन पुगेका प्रचण्डलाई युट्यूवरले पनि यस्तै प्रश्न सोधेका थिए। बारम्बार कांग्रेस र एमालेसँग समीकरण फेरेर सत्तामा टिकिरहने आरोप खेप्दै आएका प्रचण्ड प्रश्नबाट उम्किन खोजेको देखिन्थ्यो।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार