गृहमन्त्री सुधन गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जाँदैछन्। कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको शव आफन्तले बुझ्न अस्वीकार गरेका हुन्। माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडानमा उनीहरू रहेका छन्।
अस्पताल परिसरमा धर्नामा बसेका आफन्तहरूले गृहमन्त्री स्वयं उपस्थित भई मागबारे स्पष्ट धारणा दिनुपर्ने माग गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म शव नबुझ्ने अडान दोहोर्याएका छन्।
कप्तानगञ्ज घटनामा यसअघि सुनसरी र सिरहामा तीन जनाको मृत्यु भइसकेको छ। मृतकका परिवारसँग गृहमन्त्रीले विभिन्न सहमति गरेको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो। रवीन्द्रको परिवारले पनि गृहमन्त्रीको उपस्थितिमा मात्र शव बुझ्ने अडान लिएको छ।
गृहमन्त्री गुरुङ हिन्दू र मुस्लिम समुदायका अगुवाहरूसँग छलफलमा थिए। छलफल सकिएपछि उनी त्रिवि शिक्षण अस्पताल जान लागेको गृहमन्त्री निकट स्रोतले Nmkhabarलाई बतायो।
