NM Khabar 5 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वैदेशिक रोजगारीको प्रलोभनमा २४ लाख ठगी गर्ने चार पक्राउ

आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै २४ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूले मौरिसस, कम्बोडिया, रोमानिया र युएई पठाउने भन्दै रकम असुलेका थिए। पीडितहरूको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
Arjun Basnet
Arjun Basnet
5 August 2026, 7:33 pm १ मिनेट पढाइ
आकार:
वैदेशिक रोजगारी ठगी
Share:

आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै २४ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाउने आश्वासन दिएर रकम असुलेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौँ बस्ने ४१ वर्षीय मनोहर मुडभरी, बाजुरा घर भई काठमाडौँ बस्ने २६ वर्षीय अनिल मल्ल, कास्की घर भई टोखा बस्ने ३४ वर्षीया कमला पौडेल सुनार र पाँचथर घर भई काठमाडौँ बस्ने ४१ वर्षीय तुलसीराम ढुङ्गेल छन्।

प्रहरीका अनुसार मुडभरीले मौरिसस पठाउने भन्दै ३ लाख ५० हजार, मल्लले कम्बोडिया पठाउने भन्दै ८ लाख ८४ हजार, सुनारले रोमानिया पठाउने भन्दै ६ लाख र ढुङ्गेलले युएई पठाउने प्रलोभन देखाएर ६ लाख रुपैयाँ ठगी गरेको भेटिएको छ।

पक्राउ परेका व्यक्तिहरूले लामो समयसम्म पीडितहरूलाई विदेश नपठाई सम्पर्कविहीन हुने गरेको पाइएको छ। पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई ललितपुर र काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

यसैगरी, धनुषाका रिजवान शेषलाई पनि बेलायत पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार