प्रहरीले आर्थिक वर्ष २०८२/०८३ मा देशभरबाट १९ हजार ५१४ फरार प्रतिवादी पक्राउ गरेको छ। फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, पक्राउ परेका प्रतिवादीबाट अदालतले २ अर्ब १७ करोड ७५ लाख जरिवाना तोकेको थियो।
प्रदेशगत तथ्यांक अनुसार, मधेस प्रदेशबाट सबैभन्दा धेरै ४ हजार ६९७ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
काठमाडौँ उपत्यकाबाट ३ हजार ४२१ जना प्रतिवादी पक्राउ परेका छन्। कर्णाली प्रदेशबाट सबैभन्दा कम ५३८ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ।
