जनकपुरधाम । धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडित फुलकुमारी रजकले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी छन् ।
रजकले अदालत परिसरमा नाराबाजी गरिरहेका बेला उक्त प्रयास गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुधन न्यौपानेका अनुसार प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई उद्धार गरेको छ ।
प्रहरीले उद्धार गरेपछि रजकलाई थप उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
रजकले अदालतबाट न्याय नपाएको गुनासो गरेकी थिइन् ।
