NM Khabar 16 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, स्थानीयद्वारा टिपरमा तोडफोड

झापा गाउँपालिका–४ मा टिपरको ठक्करबाट ६५ वर्षीय साइकलयात्री इशनलाल गणेशको मृत्यु भएको छ। शनिबार साँझ हुलाकी राजमार्गमा भएको दुर्घटनापछि स्थानीयले टिपरमा तोडफोड गरेका छन्। प्रहरीले चालक फागुलाल राजवंशीलाई नियन्त्रणमा लिएको छ।
Kamala Devi
Kamala Devi
16 August 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
झापा टिपर दुर्घटना
Share:

झापा गाउँपालिका–४ स्थित हुलाकी राजमार्गमा शनिबार साँझ बालुवा बोकेको ना५ख ६४९० नम्बरको टिपरले ठक्कर दिँदा साइकलयात्री इशनलाल गणेशको मृत्यु भएको छ। अन्दाजी ६५ वर्षीय गणेशले बाटो काट्दै गर्दा टिपरले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले टिपर चालक फागुलाल राजवंशीलाई नियन्त्रणमा लिएको छ। अन्दाजी ३६ वर्षीय राजवंशी झापा गाउँपालिका–३ कामटोलीका हुन्।

घटनापछि आक्रोशित स्थानीयले टिपरमा ढुंगा प्रहार गरी तोडफोड गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार