NM Khabar 19 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कर्णाली सरकार विस्तार: एमाले तीन मन्त्रालयसहित सहभागी

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। नेकपा (एमाले) तीन मन्त्रालयसहित सरकारमा सहभागी भएको छ। जुम्लाका टेकराज पछाई, मुगुका जीतबहादुर मल्ल र हुम्लाका कलबहादुर हमाल नयाँ मन्त्री नियुक्त भएका छन्।
Sanjay Karki
Sanjay Karki
19 August 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
कर्णाली सरकार विस्तार
Share:

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत लिएको २२ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेकपा (एमाले) तीन मन्त्रालयसहित सरकारमा औपचारिक रूपमा सहभागी भएको छ।

मुख्यमन्त्री शाही र एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेको थियो। सहमतिपछि जुम्लाका टेकराज पछाई आर्थिक मामिला तथा योजनामन्त्री, मुगुका जीतबहादुर मल्ल सामाजिक विकासमन्त्री र हुम्लाका कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्।

नवनियुक्त तीनै मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका छन्। यसअघि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मुख्यमन्त्री शाहीले एक्लै सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तीन मन्त्री पठाउन बाँकी छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार