मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रसुवामा तिब्बतबाट ठूलो बाढी: त्रिशूली नदी किनारमा सतर्कता

रसुवामा तिब्बतबाट ठूलो बाढी आएको छ। भोटेकोशी नदीमा पानीको बहाब उच्च छ। त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
Sanjay Karki
१ मिनेट पढाइ
आकार:
रसुवा तिब्बत बाढी
Share:

रसुवामा तिब्बततर्फबाट ठूलो बाढी आएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाब उच्च छ।

राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भै बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्नुहुन अनुरोध गरिन्छ।”

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार