NM Khabar 19 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

संविधान दिवस मनाइँदै: ११ वर्ष पूरा, कार्यान्वयनमा चुनौती

नेपालले आज ११औँ संविधान दिवस मनाउँदैछ, जसको स्मरणमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको संविधान गणतन्त्र, संघीयता र समावेशी प्रणालीको जग हो। संविधान कार्यान्वयनका लागि आवश्यक ऐनहरू अझै बन्न बाँकी छन् र बनेकाको प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्था छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
19 September 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
संविधान दिवस नेपाल
Share:

नेपालले आज ११औँ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरणमा यो दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

संविधान जारी भएको ११ वर्ष पूरा भएको छ। २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। त्यसयता हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा मनाउने गरिन्छ।

दिवसका अवसरमा हरेक वर्ष सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रम हुने गरेको छ। यस वर्ष पनि संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन्।

२००७ सालदेखि सुरु भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, २०६२–६३ को जनआन्दोलन तथा उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको जगमा पहिलोपटक संविधानसभाबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी–समानुपातिक प्रणालीसहितको संविधान जारी भएको हो।

यद्यपि, संविधान कार्यान्वयनका लागि सङ्घीय संसदले बनाउनुपर्ने कानुनहरू अझै पनि बाँकी छन्। बनेका कानुनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो छ।

त्यस्तै, संविधान संशोधनको विषयलाई लिएर पनि बहस चलिरहेको छ। गत वर्षको ‘नवयुवा आन्दोलन’को जगमा भएको प्रतिनिधि सभाको चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभामा पहिलो दल बनेसँगै संविधान संशोधनको बहसले थप मलजल पाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार