धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ रामचोक क्षेत्रमा सडक पेटीमा व्यवसाय गर्दै आएका फुटपाथ व्यापारीहरूलाई कार्तिक २ गते हटाइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल र नगरप्रहरीको संयुक्त टोलीले सडकको पेटिमा रहेका पसलहरू खाली गराएको हो।
दिउँसो ३:३० बजेको समयमा भएको यस कार्यले रामचोक क्षेत्रमा फुटपाथमा व्यापार गर्ने व्यवसायीहरू प्रभावित भएका छन्। सडक आवागमन सहज बनाउन र सहरी सौन्दर्य कायम राख्नका लागि यो अभियान चलाइएको बताइएको छ।