NM Khabar 24 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारको आश्वासन: दैनिक उपभोग्य वस्तुको अभाव छैन, सञ्चय नगरौँ

सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति सहज रहेको जनाएको छ। राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मौज्दात छ। विपद्का बेला पनि वैकल्पिक मार्गबाट ढुवानी जारी रहने आश्वासन दिइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
24 September 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
उपभोग्य वस्तुको आपूर्ति
Share:

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति सहज रहेको जनाएको छ। आम उपभोक्तालाई ती वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न आग्रह गरिएको छ।

मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त खाद्यान्न मौज्दात रहेको स्पष्ट पारेको छ।

बाढी, पहिरो वा अन्य कारणले राजमार्ग अवरुद्ध भएमा वैकल्पिक मार्गबाट ढुवानी जारी रहने प्रतिबद्धता मन्त्रालयले व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विपद् र चाडपर्वको मौका छोपी कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्य वृद्धि र अनुचित रूपमा वस्तु लुकाउने प्रवृत्ति रोक्न बजार अनुगमनलाई सघन बनाइएको छ।’ यो जानकारी मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा दिइएको हो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार