NM Khabar 29 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाईं ३ दिन हिरासतमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। रास्वपा सांसद रचना खतिवडाको उजुरीमाथि प्रसाईंमाथि शहीदबारे अपमानजनक टिप्पणीको आरोप छ।
Sanjay Karki
Sanjay Karki
28 September 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
दुर्गा प्रसाईं हिरासत
Share:

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार, अदालतबाट प्राप्त अनुमतिपछि प्रसाईंमाथि थप अनुसन्धान अघि बढाइएको छ।

प्रसाईंमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा कारबाही अघि बढेको हो। सांसद खतिवडा ‘जेनजी शहीद’ रसिक खतिवडाकी आमा हुन्।

प्रसाईंले सामाजिक सञ्जालमार्फत शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोप छ। सोही उजुरीका आधारमा साइबर अपराध कसुरमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार