मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

देशभर बाढी-पहिरो: असोज ८ देखि ३५ जनाको मृत्यु, १५ घाइते

असोज ८ गतेयता देशभरका बाढी-पहिरोमा परी ३५ जनाको मृत्यु भएको छ। विपद्का घटनामा १५ जना घाइते भएका छन्, जसको उपचार जारी छ। बागलुङमा सबैभन्दा बढी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
Sanjay Karki
Sanjay Karki
29 September 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
बाढी पहिरोबाट मृत्यु
Share:

असोज ८ गतेदेखि देशभर आएको बाढी, पहिरो र डुबानलगायत विपद्का घटनामा परी ३५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले पुष्टि गर्‍यो। १५ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

सबैभन्दा बढी १२ जनाको मृत्यु बागलुङमा भएको छ। म्याग्दीमा सात, पाल्पामा पाँच र मनाङमा चार जनाको ज्यान गएको छ।

धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार