सुनसरी क्षेत्र नं. ४ को नेपाली कांग्रेसको नेतृत्व चयनका लागि मतदान जारी रहँदा क्षेत्रीय सभापति ऐयुब अन्सारीमाथि मतपेटिकामा लात हानेको आरोप लागेको छ। मंगलबार मतदानस्थलमा भएको उक्त घटनापछि प्रतिनिधिहरूले अन्सारीको व्यवहारको आलोचना गरेका छन्।
घटनाले मतदानस्थलमा केहीबेर तनाव सिर्जना गरेको थियो। निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने प्रयास भएको भन्दै निर्वाचन समितिले छानबिन गरी निर्णय लिनुपर्ने माग उठेको छ। मतदान अधिकृत र निर्वाचन समितिले मतपेटिका सुरक्षित नियन्त्रणमा लिएका छन्। अहिले पुनः मतदान भइरहेको छ।
