नगराईनको लगमा पोखरीमा १७ वर्षीया राखी कमतीको शव फेला परेको छ। नगराईन ७ देवडिहा निवासी राखीको शव नगराईन ६ लगमा टोलस्थित पोखरीमा आइतबार भेटिएको हो।
मृतकका पिता सुबोध कमतीका अनुसार, उनकी छोरी शनिबार साँझ झिझिया हेर्न लगमा टोल गएकी थिइन्। आइतबार बिहान शव पोखरीमा भेटिएपछि परिवारले हत्याको आशंका गरेका छन्।
प्रहरीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरिरहेको छ।
