नेपालका प्रधानमन्त्री बालेन शाहको स्वागतका लागि भारतको राजधानी दिल्लीमा होर्डिङ बोर्डहरू राखिएको छ। राष्ट्रपति भवन अगाडिको सडक किनारामा प्रधानमन्त्री शाहको स्वागतका लागि बोर्डहरू राखिएको हो।
प्रधानमन्त्री शाहको दुई दिने भारत भ्रमणको विस्तृत कार्यतालिका यसअघि नै सार्वजनिक भइसकेको छ। सो कार्यतालिका अनुसार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने, ऊर्जा परियोजनाको शिलान्यास गर्ने र विभिन्न समझदारी पत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको एनएमखबरले जनाएको थियो।
भारत सरकारले उच्चस्तरीय भ्रमणका लागि गर्ने तयारीकै क्रममा प्रधानमन्त्री शाहको स्वागतमा होर्डिङ बोर्डहरू राखिएको हो।