NM Khabar 19 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

‘सिंहदरबार र प्रम पद पनि भत्काऔँ’: अर्थमन्त्री नहुँदा सांसद सिंह आक्रोशित

• सांसद अमरेशकुमार सिंहले प्रि-बजेट छलफलमा अर्थमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाए।• उनले आफ्नो २० वर्षको संसदीय अभ्यासमा यस्तो पहिलो पटक भएको बताए।• सिंहले 'सिंहदरबार र प्रधानमन्त्री पद पनि भत्काऔँ' भन्दै आक्रोश पोखे।
Sanjay Karki
Sanjay Karki
19 May 2026, 3:05 pm १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रि-बजेटमाथिको छलफलमा अर्थमन्त्रीको अनुपस्थितिप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भने बैठकमा उपस्थित भएनन्।

सांसद सिंहले आफ्नो २० वर्षको संसदीय अभ्यासमा अर्थमन्त्रीविना नै प्रि–बजेट छलफल भएको पहिलो पटक देखेको भन्दै आपत्ति जनाए। उनले यसलाई संसदीय मर्यादाविपरीतको कार्य भने।

उनले आक्रोशित हुँदै ‘नयाँपनको नाममा संसदीय परम्परा र मर्यादालाई भत्काउने नै हो भने सिंहदरबार पनि भत्काऔँ, प्रधानमन्त्री पद पनि भत्काऔँ’ भन्दै प्रश्न गरे। सिंहको भनाइले बैठकमा तरंग ल्याएको थियो।

सिंहले अर्थमन्त्रीको अनुपस्थितिलाई संसदीय प्रक्रियाको अपमानको रूपमा व्याख्या गरे। उनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार हुने चेतावनी दिए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार